एकदेशको कथा’को साथमा आए पूर्ण र लक्ष्मी (भिडियो)

By | September 14, 2021

काठमाडौं । पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित ‘एकादेशको कथा’ बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यसअघि यी दुईको अभिनयमा रहेको ‘भुलीदेउ’ बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो । भर्खरै सार्वजनिक नयाँ गीतमा गायक हिमाल सागरको स्वर, संगीत सुन्न सकिन्छ ।

गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन् । गायक हिमाल सागरका अनुसार छायांकन एयरपोर्टनै २ घण्टा होल्ड गरेर गरिएको थियो । अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको हो। सबै काम अमेरिकामा गरिएको यस भिडियोले बाहिर बसेर पनि स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने पुस्टि गरेको निर्माण टिमले बताएको छ ।

प्रविन मानन्धरले सम्पादन गरेको यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् । यमुना लम्साल प्रस्तुतकर्ता रहेको यस भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *