एमसीसीले जनतालाई दुःख दिने भन्दै सम्झौता गर्न हुदैन : करिश्मा मानन्धर

By | September 14, 2021

काठमाडौं । सदावहार नायिका करिश्मा मानन्धरले एमसीसी सम्झौता गर्न नहुने बताएकी छिन् । देशमा यतिबेला अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनेको छ ।

सत्तारुढ दलहरु संसोधनसहितको एमसीसी संसदबाट पारित गराउन चाहेका छन् भने सत्ता बाहिरका दलहरु विरोधमा उत्रिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीले जनतालाई दुःख दिने आशय गरेकी हुन् । घरभित्र कलह निम्त्याउन नहुने उनको तर्क छ । उनले घरमा हात्ती ल्याएर घरकै मान्छे बाहिर बस्नु परेमा हात्ती ल्याउनुको के अर्थ भन्दै एमसीसीको विपक्षमा उभिएकी हुन् । घरभित्र कलह हुने तत्व भित्राउन नहुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *