बाहिर बाट चुक्कुल लगाएको अवस्थामा किशोरी आफ्नै कोठामा मृत फेला

By | September 14, 2021

लाहानमा फेन्सी पसलमा काम गर्दै आईरहेकी उदयपुर घर भएकी २१ बर्षिय किशोरी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी छिन् । परिवारका अनुसार हिजो साँझ तिर उनी कोठामा मृत्यु फेला परेको आफुहरुलाई जानकारी आएको जनाएको छ । चौदण्डीगढी नगरपालिका १० खैरा घर भएकी किशोरी लाहानमा फेन्सी पसलमा काम गर्दै आएको परिवारले जनाएको छ ।

मृतक किशोरीकी मामाको छोरा राजेश चौधरीका अनुसार दिउँसो बाटनै साँझ सम्म कोठामा सुतिरहेको भन्दै घरबेटीले उठाउँदा मृत फेला पारेको कुरा आफुहरुलाई बताएको जनाएको छ । कोठाको खाटमा मृत फेला परेको र बाहिर बाट चुक्कुल लगाएको अवस्थामा करिश्मा मृत भेटिएको घरबेटीले परिवारलाई जनाएको राजेशले बताए ।

परिवारका अनुसार घटना अलिक रहस्यमय रहेको बताएको छ । मृतको घाँ’टीमा डो’रीको डाम, र्याल, रगत, टाउकोमा पनि चो ट र बाहिर बाट चुक्कुल लगाएर मृ/त भेटिनुले घटना रहस्यमय भएको परिवारको बुझाई छ ।

परिवारले घटना बारे प्रहरी सँग बुझ्दा मारेको हो या होइन भन्ने कुरा अनुसन्धान पश्चात थाहा हुने आफुहरुलाई प्रहरीले बताएको राजेशले बताए । ला”श पोष्टमार्टमको लागि हस्पिटलमै राखिएको र अनुसन्धानको कामहरु भईरहेकाले मारेको हो या मरेको भन्ने बारे प्रहरीले अनुसन्धान पछि खुलाउने परिवारलाई बताएको राजेशको भनाई छ ।

आफुहरुले पनि ला’शको अवस्था र घटना स्थल राम्रो अवलोकन गर्न नपाएकाले घरबेटी र प्रहरीका भनाई अनुसार लाशको प्रकृतिलाई बुझ्दा घटना घटेको भन्दा पनि घटाइएको हो की भन्ने आशंका गर्ने बाटो देखिएको परिवारले बताए । मृतकी जेठा दाई सन्देश्वर चौधरीले घटना बारे अनुसन्धान भईरहेको बारे प्रहरीलले आफुहरुलाई बताएको जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको र लाश घरमा लगेर काज किरिया गर्दै गर्न प्रहरीले आफुहरुलाई भनेको बताएको छ । लाश भोली वडाबाट मान्छेहरु गए पछि मात्रै ल्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *