सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार : हितेन्द्रदेव शाक्य

By | August 4, 2021

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको बताएका छन् । बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले आफूलाई वैकल्पिक बाटो दिएर उचित ठाँउमा पठाए जिम्मेवारी स्वीकार गर्ने बताए ।

उनले आफूलाई राजीनामा दिन कसैले पनि नभनेको तर, अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर उर्जामन्त्रीले सोधेको जानकारी दिए । आफूले राम्रो काम गरिरहेकाले जिम्मेवारीविहीन गर्न नमिल्ने उनको तर्क छ ।

त्यस्तै शाक्यले आफूले प्राधिकरणलाई अघि बढाउन धेरै काम गरेको दाबी गरे । कोरोनाको जोखिमका बाबजुद् पनि प्राधिकरणले सुधारात्मक काम गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यले राजीनामा दिन निर्देशन दिँदै उनको ठाउँमा यसअघिका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *