सिंहदरबारमा प्रधानमन्त्री ओली ३६४ दिन गयल !

By | April 13, 2021

काठमाडौं । एक वर्षमा सामान्यतः ३६५ दिन हुन्छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिनमात्र हाजिर भएका छन् । अर्थात्, उनी २६४ दिन गयल भएका छन् । सम्भवतः यो नेपालको इतिहासकै अनौठो रेकर्ड हो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि संसद बैठकमा प्रायः गयल भइरहेका प्रधानमन्त्री ओलीले २०७७ सालमा सिंहदरबारमा जम्माजम्मी एकचोटि पाइला टेकेका छन्, त्यो पनि प्रधानमन्त्रीको नियमित काममा लागि नभई पुरानो प्रधानमन्त्री कार्यालय भवनको उद्घाटनका लागि रिबन काट्न ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबार करिब साढे ३ किलोमिटरको दुरीमा छ । वर्ष दिनमा जम्मा एक दिन सिंहदरबार पुगेका प्रधानमन्त्री ओली मन्त्रिपरिषदको कार्यालय र आफ्नो कार्यकक्ष अवलोकन गरेर बालुवाटार फर्केका थिए ।

२०७८ सालको सुरुवाती दिनमा चाहिँ प्रधानमन्त्री ओली नयाँ वर्षको पहिलो दिन नै सिंहदरबार जाने भएका छन् । देशवासीलाई २०७८ सालको शुभकामना दिनका लागि बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओली सिंहदरबारमा उपस्थित हुँदैछन् ।

अघिल्लो वर्ष चैत २ गते सिंहदरबारमा सार्क राष्ट्रका सदस्यबीच कोरोना रोकथामबारे भएको भिडियो कन्फ्रेन्समा सहभागी हुन सिंहदरबार पुगेका प्रधानमन्त्रीले त्यसपछि १० महिनासम्म सिंहदरबारमा पाइला टेकेनन् ।

पुरा खबर आजको रातो पाटि डटमा हेर्नुहोला

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *