अस्टिनमा अर्पामेन्ट कम्पलेक्स भित्रै बन्दु क आक्रम णबाट रमेश थापाको दुख्द निधन

By | April 7, 2021

टेक्ससयूएस नेपाल पोस्ट बाट

टेक्ससको अस्टिनमा कामबाट घर फर्केका नेपाली युवा रमेश थापाको अ ज्ञात समुहको गो ली प्रहा रबाट मगलबार राती निधन भएको छ ।

पोखरा नजिकैको सराङकोट स्थायी घर भएका ३९ वर्षिय थापाको बन्दु क आक्रम णबाट गएको हो । ग्यास स्टोरको काम सकेर अर्पामेन्ट फर्केका उनलाई रातको १२.३० बजे कोनकोर्ड अपार्टमेन्ट कम्प्लेक्स भित्र गो ली प्र हार गरिएको थियो । गो ली प्र हारबाट उनको ज्या न गएको छ ।

मृतक रमेश थापा

भाइ संगै अस्टिनमा बस्दै आएका थापा माथि किन आक्रम ण गरियो भन्ने बारेमा केही थाहा हुन सकेको छैन । अहिले उनको शब पोस्टमार्टमका लागी अस्पतालमा राखिएको भाइ लक्ष्मण थापाले जानकारी दिएका छन् । उनी काम गर्ने स्थान र अर्पाटमेन्ट ५ माइल दुरीमा रहेको छ ।

झण्डै एघार वर्ष अघि थापा मेक्सिसको हुदै अमेरिका आएका थिए । तीन वर्ष अघि मात्र भाइ लक्ष्मण पनि अमेरिका आएका थिए । दाजुको दुख्द निधन पछि भाइ लक्ष्मण भावविह्वल बनेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।USNepalpost बाट

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *