छात्रावासमा २४ रुपियाँमै दालभात, तरकारी !

By | January 16, 2021

तनहुँ । लमजुङको मध्यनेपाल नगरपालिकाको दुइपिप्लेकी छात्रा सिर्जना घिमिरेको अध्ययनमा लाग्ने खर्च मासिक सात हजारभन्दा बढी बचत भएको छ ।

तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्रा बासमा बसेर अध्ययन गर्ने मौका पाएपछि सिर्जनाको परिवारलाई आर्थिक भार कम पर्न गएको छ ।

सिर्जना जस्तै छात्रा वासमा बस्ने २६ छात्राहरु सस्तो मूल्यमा खाना र सहज तरिकाले अध्ययन गर्न पाए पछि मख्छ परेका छन् । बीबीएस प्रथम वर्षमा अध्ययररत सिर्जनाले छात्रा वासमा शान्त वातावरणमा नजिक भएकोले अध्ययन गर्न सहज र सस्तो मूल्य भएकोले आर्थिक भार कम पर्न गएको बताउनुभयो ।

‘‘बाहिर कोठा लिएर बसेको भए मासिक १० हजारभन्दा बढी खर्च हुन्थ्यो अहिले तीन हजार पाँच सय पनि खर्च हुँदैन’’ सिर्जनाले भन्नुभयो ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाकी छात्रा सुस्मिता तिमिल्सिनालाई छात्रावासले सस्तो मूल्यमा विज्ञान पढ्ने सपना पूरा गरिदिएको छ। सुस्मिता कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गरिरहनुभएको छ। ‘‘विज्ञान विषय पढ्नलाई जटिल छ छात्रावासमा बस्दा कामको चाप नहुने भएकोले अध्ययन गर्न सजिलाे भएको छ’’ सुस्मिताले भन्नुभयो ।

सुस्मितासँगै कक्षा ११ मा पढ्दै गर्नुभएकी भानु नगरपालिका–३ चाम्बासकी सुमिना कँडेल छात्रावासमा अध्ययन गर्न पाएकाले विज्ञान पढ्न पाएको बताउनुभयो । ‘छात्रावास नपाएको भए गाउँमै शिक्षा वा व्यवस्थापन सङ्कायमा पढ्नुपर्ने अवस्था आउँथ्यो’ सुमिनाले भन्नु भयो । विज्ञान विषयमा उहाँहरुसँगै अध्ययन गर्ने तनहुँको व्यास नगरपालिका–८ बाहुनपोखराकी प्रतीक्षा गुरुङ र भानु नगरपालिका–१ खहरेकी सङ्गीता रानामगरलाई छात्रावासले विज्ञान पढ्ने सपना पूरा गरिदिएको छ ।

घरबाट आउन जान सम्भव थिएन, छात्रावासमा बस्नको लागि नाम निस्किए पछि आफूले चाहेको विषय पढ्न पाएको छु’ प्रतीक्षाले भन्नुभयो । छात्रावासमा बस्न पाउँदा घर मै बसेर अध्ययन गरेको जस्तो अनुभूति भएको सङ्गीताले बताउनु भयो । सहिद चन्द नेपाली छात्रावास छात्रावासमा बसेर आदिकवि भानुभक्त क्याम्पसमा पढ्ने छात्रा र अभिभावकको आर्थिक भार कम पर्दा खुसीको सीमा नै छैन ।

एक छाकको २४ रुपियाँमै दाल,भात र तरकारी पाउँदा छात्राहरु खुसी हुने गरेको छात्रावास प्रमुख तथा सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले जानकारी दिनुभयो । ‘बिहान र बेलुका खना र चिया दिउँसो खाजा समेत गरेर दैनिक ८४ रुपियाँ खर्चमा विद्यार्थीले अध्ययन गर्न पाएका छन् यसले गर्दा अभिभावकलाई आर्थिक भार कम भएको छ’ सहायक क्याम्पस प्रमुख लम्सालले भन्नुभयो ।

सस्कार युक्त छात्राहरु बनाउनको लागि साताको एक दिन एक छात्रालाई खाना पकाउने पालो पर्ने र आफूले प्रयोग गरेको भाँडाकुँडा आफैले माझ्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। सहायक क्याम्पस प्रमुख लम्साललको अनुसार समूहमा खाना, खाजा बनाउँदा समय, उर्जाको वचत तथा छात्रावास परिसरबाट पनि केही तरकारीहरु उत्पादन भएकोले सस्तो पर्न गएको हो ।

गण्डकी प्रदेश सरकारले छात्रावासमा वातावरण संरक्षण तथा सरसफाई कार्यक्रमको लागि ५ लाख रुपियाँ रकम हालै विनियोजन गरेको क्याम्पसले जनाएको छ । क्याम्पसका अनुसार छात्रावास निर्माणमा समेत अहोरात्र खट्नुभएका गण्डकी प्रदेश सभा सदस्य डोबाटे विश्वकर्माले पहलकदमी बाट उक्त वजेट परेको हो । देवघाट गाउँपालिकाले हालै दुई लाख रुपियाँ खर्च गरेर छात्रावासको लागि इनार खनिदिएको छ ।

बन्दीपुरमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा सहिद हुनु भएका चन्द्रबहादुर नेपालीको सम्झनामा छात्रावास स्थापना गरिएको हो। छात्रावास २ वर्ष अघिदेखि सञ्चालनमा आएको छ । छात्रा वासको लागि आवश्यक जग्गा सोही ठाउँस्थित निर्मल माध्यामिक विद्यालयले दिएको छ । छात्रावास क्याम्पस परिशरमा रहेको छ । छात्रावास ३० जना क्षमताको छ ।

सहिद एवं बे’पत्ता परिवार, जेहेन्दार, सीमान्तकृत, भुूकम्प पी’डित, अ’पाङ्ग, दलित, जनजाति र आर्थिक रुपमा बिपन्न छात्राहरुलाई प्राथमिकता दिएर छात्रावासमा राख्ने गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले जानकारी दिनुभयो । छात्रावासमा बस्नेले मासिक रुपमा एक हजार मात्रै शुल्क बुझाउनुपर्छ । उक्त रकम पानी, बिजुलीको शुल्क, सरसफाइ तथा एक जना कर्मचारीको लागि खर्च गरिँदैंआएको छात्रावासले जनाएको छ । यो खबर अमरराज नहर्कीले गोरखापत्र दैनिकमा लेख्नु भएको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *