कन्याम घुमेर फर्कदै गरेका कमल र हेमा बाटामै अस्ताए !

By | January 16, 2021

झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित मेची राजमार्गमा दुर्घटना हुँदा बिहीबार साँझ अर्जुनधारा ७ का दुई व्यक्तिको निधन भएको छ ।

बुद्धशान्तिको बर्ने चिया बगान क्षेत्रमा इलामबाट झापा झर्दै गरेको मे. ७ प ९४६२ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा ७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीय हेमा महतको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथीसँग इलामका कन्याम घुमेर फर्कने क्रममा इलाका प्रहरी कार्यालय बुधबारेबाट २ किलोमिटर उत्तरमा उनीहरु सवार मोटरसाइकल टाटा सुमोसँग घुमाउरो बाटोमा दुर्घटना भएको थियो । इलामबाटै झापा झर्दै गरेको मे. १ ज २०९३ नम्बरको सुमोले घुमाउरो बाटोमा मोड्ने क्रममा पछाडिबाट आइरहेको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि झापाको बिएन्डसी हस्पिटल ल्याइएको थियो तर ल्याउनसाथ कविराजलाई चिकित्सकले मृ-त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । पछाडि सवार हेमा महतलाई घाइते अवस्थामा उद्दार गरी उपचारका लागि बिएन्डसीमै ल्याइएको थियो ।

टाउको, अनुहार र खुट्टामा चोट लागेकाले उपचार गराउँदा गराउँदै बेलुका ६ः२५ हेमाको पनि निधन भयो । अर्जुनधारा ७ स्थित मिलडाँडा दक्षिण निवासी दुवै जनाको निधनले सिंगो गाउँ नै शोकमग्न बनेको छ । कविराज परिवारका एक्लो छोरा तथा हेमा परिवारकी कान्छी छोरी थिइन् । उनी आदर्श स्कुल अफ होटल मेनेजमेन्टकी विद्यार्थी थिइन् ।

मृ-तक दुवैको पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

चालक सञ्जय गदाल फरार रहेकाले खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । तर, गाडी र धनी बुद्धशान्ति ७ का डिल्लीमान राई इप्रका बुधबारेको नियन्त्रणमा रहेको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *