आफ्नो विरुद्ध अनर्गल दुष्प्रचार गर्नेलाई भट्टराईले दिए भुक्ने कु कुरको संज्ञा

By | December 2, 2020

काठमाडौं १७ मंसिर । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थाले आफु आफ्नो लक्ष्यमा पुग्न नसकिने बताएका छन् ।

उनले आज विन्सटन चर्चिलको शब्दलाई लिएर आफ्नो विरुद्ध जानेररनजानेररउक्साहटमा अनर्गल दुष्प्रचार गर्नेहरूलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता भट्टराईको ट्वीट : जानेररनजानेररउक्साहटमा मेरा विरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु-मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ।ती भुक्ने कुकुरहरूको भलो होस् !

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *