वैदेशिक रोजगार बीमा अब अनलाइनबाटै गर्न सकिने

By | December 2, 2020

काठमाडौं, १७ मंसिर । वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाट नै गर्न मिल्ने भएकाे छ । सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था सुरु गरिएको हो ।

त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

 

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *