भिरबाट ल’डेर दुई जनाको मृत्यु

By | November 22, 2020

काठमाडौ । रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-११ गोहिरी बस्ने ६२ वर्षीया शिला गिरीको सोही ठाउँस्थित स्याली बारीको भिरबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

छोरीको घर धुर्सेनीतर्फ जाने क्रममा लडेर उनको मृत्यु भएको बताइएको छ ।

पाँचथर, याङवरक गाउँपालिका-३ तेमुना बस्ने ४० वर्षीय ईश्वरी योङ्या घरदेखि करिब १ किलोमिटर टाढा रहेको तारेभिरबाट लडेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । फाइल फोटो 

यस्तै  गोरखा : अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दु,र्घटनामा मृ,त्यु भएको छ। शहीदलखन गाउँपालिका- ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृ,त्यु भएको परिवार श्रोतले जानकारी दिएको छ । उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठ’क्कर दिएको थियो ।

टाउको र शरीर भित्र गम्भीर चो’ट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृ,त्यु भएको मृ,तकका आफन्त राजेश श्रेष्ठले बताए । श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *