बधाई छ। आज मात्र नेपालमा अहिले सम्मकै धेरै कोरोना सङ्कमित कोरोना संक्रमण मुक्त भए ।

By | November 22, 2020

काठमाडौं, ७ मंसिर । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६ सय ९९ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ६ सय ९९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १९ हजार ९ सय ६३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ६० हजार ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *