आफु बसेको कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

By | November 22, 2020

दाङ ः दाङमा शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लड्दा टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो । उहाँको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनु भएका थियो ।

उँहाले करिब दुई दशक सत्तामा रहेर काम गरेको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगील बताउनुभयो । उँहाका चार छोरा छन्।भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो ।

फाइल फोटो

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *