एकै पटक ३ मुरी धान बोकेर पुरस्कृत भए राजेन्द्र पौडेल

By | November 21, 2020

लमजुङ । एकजनाले एकपटकमा कति पाथी धान बोक्छन् होला ? १० पाथी १५ पाथी, एक मुरी । मुरीको धोक्रो बोक्नेहरु बिरलै भेटिन्छन् । लम्जुङमा भने एकजनाले एकै खेपमा एकै खेपमा ३ मुरी धान बोकेका छन् ।

तीनमुरी धान बोकेर खलाबाट घरधनीको घर पुर्याएवापत ४० वर्षिय राजेन्द्र पौडेलले बाजी नै जिते । मध्यनेपाल नगरपालिका– ६ को गुम्बाबेसी गाउँका ४० वर्षीय राजेन्द्र पौडेलले बाजी जितेपछि स्थानीयले नगद पुरस्कारका साथ पुरस्कृत गरेका छन् ।

उनले एक एक मुरीले भरिएका तीनवटा धानका थैला एकैपटक नाम्लोको फेरो लगाई बोकेर खलेगरा देखि धानका धनीको घर रहेको स्थानसम्म १५ मिनेटको पैदल दुरीको उकालो बाटो पार गरेको प्रत्यक्षदर्शीहरूले बताए । तीन मुरीमा ६० पाथी हुन्छ ।

गुम्बाबेसीका देव गिरी सन्यासीको दाइँमा सहयोग (पर्म लगाई) गर्न गएका राजेन्द्रले दाइँ सकिएपछि एकैपटकमा ३ मुरी धान बोकेपछि उनलाई पुरस्कृत गरिएको सोही दाइँमा रहेका स्थानीय धु्रुवराज पौडेलले बताए । उनले भने, ‘राजेन्द्रले ३ मुरी धानको खलोबाट बोकेर देव गिरी सन्यासीको घरसम्म पुर्याएका हुन् ।’

कस्ले कति धान बोक्न सक्छ भन्ने प्रसङ्ग चल्दै गर्दा युवाहरुले प्रायः डेढ मुरी बोक्ने गरेका हुन्छन् । उक्त दाइमा एक जनाले दुई मुरी र अर्को एक जनाले ४५ पाथी बोक्ने प्रद्धिवता व्यक्त गरेपछि राजेन्द्रले आफूले तीन मुरी धान एकै पटक बोक्ने प्रतिवद्धता व्यक्त गरेको धु्रवराज पौडेलले बताए ।

उनले भने,त्यसपछि दाइँमा सँगै रहेका आफू सहितका साथीहरुले बाजी राखेर उनलाई एकैपटकमा ३ मुरी धान बोक्न उक्साएको र राजेन्द्रले बाजी राखे अनुसार ३ मुरी धान बोकेर घरसम्म पु¥याएपछि उनलाई १ हजार १ सय रुपैयाँ नगद सहित अबिर लगाएर पुरस्कृत गरेका हौं ।’

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *