नेपालमा आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

By | October 24, 2020

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाले ज्यान लिएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

News18Nepal

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *