घानामा ६ तले चर्चको भवन भँत्किदा शुक्रबार २२ को मृत्यु

By | October 24, 2020

एजेन्सी, ८ कात्तिक । घानामा ६ तले चर्चको भवन भँत्किदा शुक्रबार २२ को मृत्यु भएको छ ।

सो भत्किएको चर्च घानाको पूर्वी क्षेत्रमा पर्ने अधिकारीहरुले बताएका छन् । त्यस्तै को घटनामा परी अरु दर्जनौं घाइते बताइएको छ । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो ।

चर्चमा ६० भन्दा बढी संख्यामा मानिसहरु रहेका कारण थप अन्यको उद्धार कार्य भइरहेको स्थानीय समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा अन्य धेरैको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि १८ जनाको मात्रै शव फेला पारिएकोमा पछिल्ला पटक थप ४ शव भेटिएपछि मृतकको संख्या २२ पुगेको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *