पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुस्

By | October 24, 2020

पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुस्

काठमाडौं । पछिल्लो समय डेटिङ सामान्य प्रचलन जस्तो हुन थालेको छ । कुनै कार्यक्रममा भेट भयो वा सामाजिक सञ्जालमा भेट भयो र मन प(यो भने डेटिङमा जाने चलन छ । तर, पहिलो पटक डेटिङ जानेहरुले निम्न कुरामा ध्यान दिनै पर्छ ।

१ यदि तपाईहरु पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ भने फोनमै कुरा गर्नुस् र एक अर्काको आनीबानीवारे थाहा पाउने प्रयाश गर्नुस् । फोनमा गरेको कुराकानीवाट पनि व्यक्तिको चरित्रको वारेमा थेरै कुरा बुझ्न सकिन्छ ।

२ पहिलो पटक कसैलाई भेटन जाँदा आफ्नो सुरक्षाको वारेमा पनि सचेत हुन जरुरी छ । तपाई यस्तो ठाउँ छनौट गर्नुस्, जुन ठाउँमा बारेमा तपाईलाई धेरै कुरा थाहा छ । अपरिचित स्थानमा जाने गल्ति कहिल्यै नगर्नुस् ।

३ कतिपय व्यक्ति यस्ता पनि हुन्छन् । सामाजिक सञ्जालमा अलग परिचय दिएको पनि हुनसक्छ । उक्त विषयमा पनि अनलाइनवाटै रिसर्च गर्नुस् वा उसका साथीहरु (जो आफुसंग चिनाजानी छ) संग बुझ्नुस् ।

४ जब तपाईले कसैलाई भेटनु भयो त्यो व्यक्तिको आनीबानी मन परेन । छिटो भन्दा छिटो छुट्टिने उपाय खोज्नुस् । कुनै बहाना बनाउन सकिन्छ तर, झगडा नगर्नुस् ।

५ व्यक्तिगत कुरा गर्दै नगर्नुस् । कतिपयको बानी हुन्छ छोटो भेटमै आफ्नो, परिवार वा साथीभाईका बारेमा सबै कुरा खोल्ने । तपाई त्यो नगर्नुस् । एजेन्सी

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *