भरतपुर महानगरपालिकाद्वारा क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख सहयोग

By | October 18, 2020

काठमाडौं, २ कात्तिक । भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि थप रकम सहयोग गरेको छ । धुर्मस सुन्तली फाउण्डेशनलाई महानगरपालिकाले आज १ करोड ५० लाख थप आर्थिक सहयोग गरेको हो । महानगरपालिकाले रंगशाला निर्माणका लागि यसअघि नै ६ करोड ५० लाख रकम सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । यसअघि महानगरपालिकाले ५० लाख हस्तान्तरण गरिसकेको छ ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले आज १ करोड ५० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *