अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन तथा ह्यारिसले दसैंको शुभकामना यसरी दिए

By | October 18, 2020

काठमाडौं, २ कात्तिक । डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसले हिन्दूहरुको चाड हिन्दूहरुको महान चाड दसैंको शुभकामना दिएका छन्।

बाइडेन र ह्यारिसले समाजिक सञ्जाल ट्विटरमार्फट दसैंको शुभकामना दिएका हुन्। बाइडेनले आफू र आफ्नी पत्नी जिलका तर्फबाट अमेरिका र संसारभरबाट दसैं मनाउने हिन्दूलाई शुभकामना दिएका छन्।

त्यसैगरी उपराष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले पनि आफू र आफ्नो श्रीमान् डोउग्लास इमहोफ दुवै जनाको तर्फबाट हिन्दू अमेरिकन साथीहरु र परिवार तथा नवरात्री मनाइरहेका सबैलाई शुभकामना दिएकी छन् ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *