भारतमा बस दुर्घटना हुँदा नेपालका गुरुङ दम्पत्तीको मृत्यु, छोरा घाइते

By | October 18, 2020

धनगढीः भारतमा बस दुर्घटना हुँदा नेपली दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावती रहेकी छन् ।भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठोक्किदा कञ्चनपुरका गुरुङ दम्पतीको ज्यान गएको हो । यस्तै दुर्घटनामा परी अन्दाजी १७ वर्षीय छोरा आनन्द गुरुङ घाइते भएको बताइएको छ ।

मृतक दम्पत्तीको शव शनिबार कञ्चनपुर ल्याइएको छ। शव महाकाली अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *