आमासंग प्रेममा रहेका युवकले छोरीलाई पनि ताके, प्रेमिकाले विरोध गरेपछि लिए ज्यान

By | October 17, 2020

काठमाण्डौं । ४३ वर्षकी आमासंग प्रेममा रहेका पुरुषले उनको छोरीलाई पनि गलत नजरले हेर्न थालेपछि घटना ह त्यामा परिणत भएको छ । ३० वर्षीय सैफुल खान पठानको ४३ बर्षिया मैरुन नेसा कहाँ आउजाउ थियो । उनीहरु प्रेमी प्रेमिकाको रुपमा रहेका थिए ।

यसैबिच सैफुलले मैरुन निसाका १८ वर्षीया छोरी तरन्नु खातुनमाथि पर्छ ।

पहिले आमासँग प्रेममा रहेका सैफूल पछि छोरी तरन्नुसँग पनि नजिक हुन खोज्छन् । पछि घटनाले अर्कै रुप लिन्छ र सैफूलले मैरुनको ज्यान लिन्छन् । यस घटनामा संलग्न तथा ज्यान गुुमाुउने दुबै भारत उत्तर प्रदेशको रहेको बुझिएको छ । उनीहरु नेपालमै बस्दै आएका थिए ।

मैरुन नेसाको शव पर्सा जिल्लाको गंगोल खोलामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साले दुवै सँगै बस्दै आएकोमा विुवाद बढ्न थालेको समेत अनुसन्धानबाट पत्ता लगाएको छ ।

नेसाको ज्यान लिएपछि फ’रा’र रहेका सैफुल पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ मस्जिदबाट पक्राउ परेका थिए ।

पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तका अनुसार पठान र मैरुन हेटौंडामा घरभाडा लिएर पतिपत्निसरह बस्दै आएका थिए । पठानले उनकी छोरी खातुनमाथि गलत क्रिया कलाप गर्न थालेपछि मैरुनले छोरीलाई वीरगंजको रानीघाटमा भाडा लिएर बसाएकी थिइन् ।

दुवैबीच विुवाद भएपछि पठानले मैरुनको ज्यान लिएर पर्साको गंगोल नदीमा फा’ले को एसपी पन्तले बताइन् । शब्द तस्वीर रिपोटर्स नेपाल

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *